८ बैशाख २०८१, शनिबार

मछिन्द्र फुटबल क्लबले २-० ले खेल जित्दै ए डिभिजन लिग शुरु

a division league goal

वर्षाका कारण दशरथ रंगशाला हिलाम्मे भएपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा सिजनको पहिलो ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबले पहिलो खेल खेलेका छन । पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

bishal rai

मछिन्द्र क्लबले खेलको ३० औं मिनेटमा योगेश गुरुङको हेड गोलबाट अग्रता लिएको छ । उनले फ्रिकिक बलमा हेडमार्फत गोल गरेका थिए। खेलको ५० औं मिनेटमा दिपक राईले दोस्रो गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए ।

यसैबीच भोलिका लागि तय लिगको खेल स्थगित भएको छ। लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले जापान फुटबल लिगसँग मैत्रीपूर्ण खेल खेल्न भएकाले लिग स्थगित गरिएको हो। मैत्रीपूर्ण खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुनेछ।