७ बैशाख २०८१, शुक्रबार

बस पार्क निर्माण सम्झौता

view for manakamana 0

वाग्मती प्रदेशको राजधानी हेटौँडामा रु ३५ करोडको लागतमा आधुनिक बस पार्क तथा कम्पलेक्स भवन निर्माण हुने भएको छ ।

उपमहानगरपालिकाका प्रशासकीय अधिकृत नवराज घिमिरे र रसुवा आसिस जेभी निर्माण कम्पनीका ऋषिराज बानियाँका बीच बस पार्क र कम्पलेक्स भवन निर्माणसम्बन्धी आज सम्झौता भएको छ ।

तीन तल्लाको कम्पलेक्स तथा आधुनिक बस पार्क निर्माण गर्नका लागि सम्झौता गरिएको हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । रु ३५ करोडको लागतमा ती संरचना निर्माण गरिने जनाइएको छ ।

बहुवर्षीय योजनानुसार बस पार्क निमार्ण गर्न लागिएको बताइएको छ । हेटौँडाको टीसीएनको जग्गालाई उपयोगमा ल्याई उक्त बस पार्क निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।