११ बैशाख २०८१, मंगलवार

चरेशसहित दुई पक्राउ

arest

काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसबाट तीन किलो अवैध लागुऔषध चरेशसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–४ गाईघाटका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका–७ का २४ वर्षीय कुमार विक रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

मित्रनगरस्थित एक होटलमा लागुऔषधको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले उनीहरू बसेको कोठा तलासी गर्दा कालो झोलाभित्र लुकाई राखेको अवस्थामा चरेश फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

यसैबीच ललितपुर महानगरपालिका–२ सानेपास्थित सडकबाट नियन्त्रित लागुऔषध १४१ एम्पुल डाईजेपाम, १४१ एम्पुल बुप्रेनोर्फिन र १४१ एम्पुल फेनारगनसहित सप्तरी खडक नगरपालिकाका ४५ वर्षीय रामचन्द्र मण्डललाई पनि पक्रउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई फक्राउ गरी लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।