८ बैशाख २०८१, शनिबार

विद्या भट्टराई भनिन् मेरो जित रविन्द्रप्रतिको सम्मान हो, ८ हजार ४ सय मतान्तरले विजयी

1575207864biddya

कास्की क्षेत्र नम्बर २ बाट विजयी भएकी नेकपा सांसद विद्या भट्टराईले आफू पोखरेली जनताले गरेको भरोसा र विश्वासमा अडिग भएर अगाडि बढ्ने बताएकी छिन्।

८ हजार मतान्तरले विजयी बनेकी सांसद भट्टराईले भनिन्, ‘पोखराका जनताले दिएको यो जनमत रविन्द्र अधिकारीप्रतिको सम्मान र विद्या भट्टराईप्रतिको भरोसा हो। आगामी दिनमा यो भरोसा र विश्वासमा अडिग भएर अगाडि बढ्छु।’

उनले दिवंगत श्रीमान रविन्द्र अधिकारीप्रति सम्मान व्यक्त गरिन्। दुःखद क्षणबाट जनताको अभिमतलाई तीन वर्षको लागि पूरा गर्न आफू जिम्मेवारीमा आएको उनले बताइन्।

उपनिर्वाचनमा एक मात्र प्रतिनिधिसभाको चुनाव भएकाले कास्की क्षेत्र नम्बर २ लाई निकै महत्त्वका साथ हेरिएको थियो ।

भट्टराई स्वर्गीय रविन्द्र अधिकारीकी श्रीमती हुन् । गत फागुनमा पर्यटनमन्त्री रहेका रविन्द्रको हेलिकप्टर दुर्घटनामा असामयिक निधन भएपछि कास्की २ नम्बर क्षेत्र जनप्रतिनिधिविहीन भएको थियो । जितपश्चात उनले मतदाता, प्रतिद्वन्दीलाई धन्यवाद दिइन्।