१६ चैत्र २०८०, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा भब्य स्वागत, यस्तो छ तालिका

raja pradesh 5 n LU6kcgBBSn

पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी धार्मिक कार्यक्रममा भाग लिन रुपन्देही पुगेका छन् ।

देशदर्शनको कार्यक्रमलाई निरन्तरता दिँदै उनी आज आइतबार प्रदेश पाँचका विभिन्न जिल्लामा एक हप्ता लामो भ्रमणका लागि रुपन्देहीको भैरहवा पुगेका हुन् ।

पूर्वराजा शाहलाई भैरहवा विमानस्थलमा सयौँ स्थानीय तथा शुभेच्छुकहरुले स्वागत गरेका थिए ।

पूर्वराजा शाहले यही मंसिरको १५ गतेदेखि २२ गतेसम्म प्रदेश पाँचका जिल्लाहरु रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका धार्मिक शक्तिपीठमा दर्शन गर्ने कार्यक्रम रहेको भ्रमण कार्यक्रम प्रचार प्रसार समितिले जनाएको छ ।

एक साता लामो यसपटकको पश्चिम यात्रामा रुपन्देहीको पर्रोहा धाम, मर्चवारीमाई, पाल्पाको पाल्पा भगवती, कपिलबस्तुको गोरुसिंगेमा रहेको मन्दिर तथा नवलपरासीको पाल्हीनन्दन मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम रहेको छ ।

साथै सो क्षेत्रका जनतासँग भेटघाटसँगै विभिन्न देवीदेवता तथा मन्दिर दर्शनको कार्यक्रम रहेको बताइएको छ ।