१७ बैशाख २०८१, सोमबार

‘जनताको सेवक बनेर काम गर्नेछु’ : विद्या भट्टराई

bidhya bhattarai

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आफू जनताको सेवक बन्नका लागि राजनीतिमा आएको बताएकी छन् । चुनाव जितेपछि मालिक जस्तो व्यवहार देखाउने प्रवृत्ति आफूमा नभएको उनले प्रस्ट पारेकी छन् ।

पोखरा महानगरपालिका वडा नं. ७ र ८ मा सोमबार भएको घरदैलो कार्यक्रममा उनले आवश्यक नीति निर्माणसँगै समृद्धिको अभियानमा जनताको काम गर्द आफूले उम्मेदवारी दिएको बताईन् । उनले सम्बृद्धिको यात्रामा सबै जनताहरुलाई आपसमा जुट्न र सहि जनप्रतितिधि छनौट गर्न आग्रह समेत गरिन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले समृद्ध नेपाल, सुखी नेपाली आफ्नो पार्टीको अर्जुनदृष्टि भएको उल्लेख गर्दै स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरि विकासको कामलाई अगाडि बढाउने वचन दिईन् ।

पर्यटकीय नगरी पोखरा र आसपासको क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि एवम् भौतिक पुर्वाधारको विकास आफ्नो गुरुयोजना रहेको बताईन् । साथै उनले विकाससँगै स्थानीय युवाहरुलाई रोजगारी सृजना गरि वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई न्यूनिकरण गर्ने बताईन् ।

जनताको मतको बलबाटै परमादेशी गठवन्धनको सरकारलाई बिस्थापित गरि जनमतको सरकार स्थापित गरिनेमा उनले जोड दिईन् । उनले एमालेले राष्ट्र, राष्ट्रियता र जनभावनाको पक्षमा काम गर्दै आएको स्पष्ट पारिन् ।