२३ बैशाख २०८१, आईतवार

के आत्महत्याको प्रयास गरेका हुन् गायक प्रकाश दूतराजले ?

Prakash Dootraj

गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेका छन् ।

सांगीतिक कार्यक्रमका लागि गायक दूतराज अष्ट्रेलियामा छन् । उनले, अष्ट्रेलियामा स्थानीय समय अनुसार राती २ बजे झुण्डिएर आत्महत्या प्रयास गरेका थिए ।

गायिका भूमिका गिरीसहित दूतराज सांगीतिक कार्यक्रमका लागि अक्टोबर २० तारिखमा अष्ट्रेलिया पुगेका थिए । दूतराजले सलको पासो लगाएर आफू सुत्ने कोठामा झुण्डिने प्रयास गरेका थिए ।  दुबै जनालाई आयोजकले फ्ल्याटमा राखेको थियो ।

ढोका खुल्लै भएका कारण गायिका भूमिकाले देखेपछि उनलाई उद्धार गरेकी थिइन् । कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दियो । अहिले प्रकाशको अवस्था सामान्य रहेको बताइएको छ ।

अन्तर्मुखी स्वभावका दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन । प्रकाशको ‘घर कता हो बैनीको, जाम भो माइली, चोली मैलो भो, मन भुल्छ लगायतका गीत चर्चामा छन् । 

    सम्बन्धित समाचार...