१४ बैशाख २०८१, शुक्रबार

नाली खन्ने क्रममा ५ जना ढिस्कोमा पुरिए, २ जनाको शव फेला

Capture

पोखरा महानगरपालिका–२० मौजाको विसौनामा नाली खन्ने क्रममा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पुरिएका ५ मध्ये २ जनाको शव फेला परेको छ ।

आइतबार बिहान ८ः४५ बजे सडकको रिटेनिङ वाल लगाउन सडक खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले उनीहरुलाई पुरेको हो ।

बाँकीको उद्दारका लागि प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले जानकारी दिए । ।

सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये दुई जनाको शवबाहिर निकालिएको डिएसपी केसीले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।