७ बैशाख २०८१, शुक्रबार

गलत गर्नेलाई परास्त गर्नुपर्छ : मन्त्री भट्ट

lekhraj bhatta

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

धनगढीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्नुहुँदै सो पार्टीका प्रदेश संयोजकसमेत रहनुभएका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन ।”

बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोल्नुभएको थियो । बैठकले नेकपा प्रचण्ड–माधव नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलसहितका पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उहाँहरुलाई पदबाट हटाउन सिफारिश गर्नेलगायतका निर्णय गरेको प्रदेश अध्यक्ष्य थापाले बताउनुभयो ।