१३ आश्विन २०७९, बिहीबार

बाम गठबन्धनतर्फबाट निर्वाचित भएका लेखराज भट्ट कैलाली-४ मा एमालेबाट सिफारिस

lekhraj bhatta
फाइल फोटो

नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनका लागि लेखराज भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।

आइतबार बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर ४ बाट भट्टको नाम सिफारिस गरेको हो ।

एमाले केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज भट्ट २०७४ सालको चुनावमा बाम गठबन्धनतर्फबाट निर्वाचित भएका थिए ।