७ बैशाख २०८१, शुक्रबार

दुईको मृत्यु

death

जिल्लाको पूर्वीचौँकी गाउँपालिका–२ मा भीरबाट लडेर ६० वर्षीय काले भुलको मृत्यु भएको छ ।

गोरु गोठालो गएका बेला आज जौपुल्ले भीरबाट लडेर उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल डोटीमा शव परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी अछाम जिल्लाको मङ्गलसेन नगरपालिका–१३ की ५३ वर्षीया विशुदेवी ढुङ्गानाको ढुङ्गा लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार भारत्या भन्ने जङ्गलमा घास काट्ने क्रममा भीरबाट खसेको ढुङ्गा लाग्दा उहाँको घटनास्थलमै मुत्यु भएको हो ।