१५ चैत्र २०८०, बिहीबार

भीमदत्त नगरपालिकाद्वारा सडक सुरक्षा सामग्री हस्तान्तरण

bhimdatta nagarpakika

कञ्चनपुरको भीमदत्त नगरपालिकाले सोमबार यहाँको जिल्ला ट्राफिक कार्यालयलाई सडक सुरक्षाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

यहाँको बजार र राजमार्ग क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि नगरपालिकाले ट्राफिक प्रहरीलाई सुरक्षा उपकरण सहयोग गरेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो ।

नगरपालिकाले तीन थान ट्राफिक प्रहरी डमी, दुई सय थान हिलटेक र ६ हुकलक हस्तान्तरण गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले बताउनुभयो ।

उहाँले नगरपालिकाले प्रदान गरेको सामग्री प्रयोगमा ल्याउने जानकारी दिँदै यसबाट यहाँको बजार क्षेत्रमा हुने ट्राफिक समस्या हल गर्न सहज हुने बताउनुभयो ।

“ट्राफिक डमीलाई सडक छेउमा राखेर चालकलाई मनोविज्ञानका रुपमा ट्राफिक प्रहरी खटिएकोे र यात्रुलाई सुरक्षित महसुस गराइने छ”, उहाँले भन्नुभयो, “जिल्लामा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ ।”नगर प्रमुख विष्टले बजार र राजमार्ग क्षेत्रको अव्यवस्थित ट्राफिक व्यवस्थापनका लागि आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।