७ बैशाख २०८१, शुक्रबार

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

download 3

जयपृथ्वी राजमार्गमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बझाङको वित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जीतबहादुर बोहरा रहेका छन् । बोहराको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

दुर्घटनामा ट्र्याक्टर चालक बझाङकै वित्थडचीर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्र्याक्टरमा सवार वित्थडचीर गाउँपालिका–४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएका छन् ।

चालक नरेन्द्र महराको दुबै खुट्टा भाँचिएको छ भने बोहराको खुट्टामा चोट लागेको छ । घाइते दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । धनगढीबाट बझाङतर्फ गइरहेको अनटेस्ट ट्रयाक्टर दिउँसो जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिगास गाउँपालिका–९ बाजपानीमा दुर्घटनामा परेको हो ।

ट्र्याक्टर सडकबाट १७८ मिटर तल खसेको छ ।