१६ चैत्र २०८०, शुक्रबार

अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो: पूर्वमन्त्री भट्टराई

yogesh bhattarai
फाइल फोटो

पूर्वमन्त्री योगेश भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह भरतपुुर महानगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा पाार्टी काार्यकर्र्ता भेलामा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्र्माण गर्र्दाको मिहिनेत र पसिना खेर गएको जस्तो छ ।”

नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

नेकपा प्रचण्ड–नेपाल समूहका नेत्री रामकुमारी झाँक्रीले संसद् विघटन कानून विपरीत भएको बताउँदै यसलाई कानूनले नै सच्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष यमबहादुर परियार र महानगर कमिटीका सहसंयोजक ईश्वर सापकोटालगायतले बोल्नुभएको थियो ।