७ बैशाख २०८१, शुक्रबार

जानुका राई र निश्चल राईको ‘उभौलि मेला’ सार्वजनिक

किरातिहरुको महान चाँड उधौलि ५०८० को अबसरमा उभौलि साकेला गीतको भिडियो सार्वजनिक गरिएको छ ।
उभौलि मेला बोलको उक्त साकेला गीतमा जानुका राई र निश्चल राईको स्वर निश्चलकै शब्द संगीत देबेश राईको एरेन्ज र मीन बिष्टको मिक्सिङ मास्टरिङ रहेको छ ।

किरातिहरुको सस्कृति झल्काउने उदेश्यले निर्माण गरिएको भिडियोमा फुलन्देको आमा नामले चर्चित उमेश राई, योगेन्द्र राई र शेशुका राई लगायत कलाकारहरुको अभिनय रहेको छ । साथै कलाकारहरुलाई किराँती पोशाकमा देख्न सकिन्छ ।

सुम्निमा कलेक्सनले निर्माण गरेको भिडियोको कोरियोग्राफरमा सपना तामाङ र सागर किराँती सम्पादन तथा निर्देशन बिज्ञान राईले गरेका हुन ।