८ बैशाख २०८१, शनिबार

फुलबुट्टे सारी गीत दुबै भर्सनमा कराेड भ्युज संगै चाइल्ड भर्सन पनि सार्वजनिक

134977228 1100879407006223 3495307108130292117 n

पछिल्लाे समयकाे चर्चित गीत‘फूल बुट्टे सारीले युट्युबमा करोडबढी भ्यूज पाएको छ उक्त अबसरमा बुधबार राजधानिकाे राइजिङ मलस्थित क्युज सिनेमा हलमा एक कार्यक्रम गरि अग्रज कलाकारहररुलाइ सम्मान गरिएकाे छ । आयोजित विशेष समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरिएको हो ।

पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ ।

महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको उक्त गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

गीतकाे मापन भ्युजले मात्र नभइ हरेक उमेरसमुहका ब्यक्तिले मन पराउनु साथै मुखैमा झुण्डिएकाे कारण पनि फुलबुट्टे सारिले छाेटाे समयमै सफलता पाएकाे वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बताए । कोरोनाको कहरका बेला सार्वजनिक भएका गीतले पाएको उचाइले सांगीतिक क्षेत्रलाई चलायमान गराएको गीतकार श्रेष्ठको भनाइ छ । सम्मानित मदनकृष्ण र राजबाबुले पनि ‘फूल बुट्टे सारी’गीतको टीमलाई बधाई तथा शुभकामना दिएका थिए ।

134485364 429069088222610 3073812041523086836 n

फूल बुट्टे सारी’मा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर रहेको छ । जसमा शब्द र संगीतमा राजनराज सिवाको एरेन्जमम सञ्जीव बराइलीको रहेकाे छ । महिला र पुरुष स्वरमा रहेका दुवै गीतको भिडियाेलाई युवा निर्देशक राजेश पुमा राईले निर्देशन गरेका हुन । साथै दुवै गीतको मिक्सिङमा श्यामश्वेत रसाइली रहेको छ ।

महिला स्वरमा रहेको फूल बुट्टे सारीकाे भिडियाेमा पल शाह र माल्लिका महत तथा पुरुष स्वरमा रहेको गीतको भिडियाेमा सोना लिम्बु र आनन्द सिंह दनुवारले अभिनय गरेका छन । उक्त आयोजित सो कार्यक्रममा दुवै भर्सनको गीतको अडियाे तथा भिडियाेका टीमलाई वरिष्ठ कलाकार मदनकृष्ण र गीतकार राजुबाबुको हातबाट सम्मान गरिएको थियो ।

महिला र पुरुष दुबैकाे स्वरमा दर्शक र श्राेताको मन जित्न सफल फूल बुट्टे सारी गीत अब चाइल्ड भर्सनमा पनि सार्वजनिक भएकाे छ । उक्त विशेष समारोहको अवसरमा चाइल्ड भर्सनको फूल बुट्टे सारी गीत सार्वजनिक गरिएको थियाे । जसमा अरिष्मा सिवाकोटीको स्वर रहेको छ ।
र उक्त भिडियाेलाइ पनि राजेश पुमा राइले नै निर्देशन गरेका हुन ।

134470173 704473966880735 2608306372334170834 n

    सम्बन्धित समाचार...