१५ बैशाख २०८१, शनिबार

फित्तामा बेरिएर किशोरीको मृत्यु

death 1 12 11

सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिकामा आज मिलको फित्तामा बेरिएर एक किशोरीको मृत्यु भएको छ । आफँैले मिल चलाउँदै गर्दा मिलको फित्तामा कपाल बेरिएर सोही गाउँपालिका–६ की १७ वर्षीया नेमियाकुमारी पण्डितको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

फित्तामा कपाल बेरिएर उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । शव परीक्षणको लागि राजविराजस्थित गजेन्द्रसिंह अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।