६ जेष्ठ २०८१, आईतवार

बानेश्वरमा सुरु भयो प्रचण्ड–माधव समूहका सांसदहरुको भेला, वामदेव र बादल आएनन्

2020 12 21 OLIDf

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहको भेलामा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको भेलामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन्।

यस अगाडि आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गरेका थिए। आइतबार प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई बालुवाटार भेला गराएर छलफल गरेका हुन्।

उक्त भेलामा पनि थापा र गौतम सहभागी भएका थिएनन्। उपाध्यक्ष गौतम सचिवालयका पाँच शीर्ष नेताहरुको छलफलमा सहभागी हुँदै आएपनि प्रतिनिधिसभा विघटनको कदम चालेपछि दुवैतिरको भेलामा सहभागी भएका छैनन्।