१३ बैशाख २०८१, बिहीबार

महरालाई स्थायी समितिमा लैजाने नेकपाको निर्णय

krishna bahadur mahara

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने भएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी समितिको बैठकले पूर्व सभामुखसमेत रहेका महरालाई स्थायी समितिमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

महरा नेकपाका पूर्व स्थायी समिति सदस्य हुन्। सभामुखमा निर्वाचन भएपछि उनको स्थान रिक्त राखिएको थियो। 

आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्।

आजको बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ।

पूर्वमाओवादी नेता महराले सभामुख निर्वाचित भएसँगै पार्टीको सदस्यता स्थगित गरेका थिए।

महरा माथि संसद सचिवालयकै एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिनुपर्ने अवस्था बनेको थियो।

उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन्।