१३ बैशाख २०८१, बिहीबार

ओलीको पक्षमा उभिए बादल र भट्ट, दिएनन् राजीनामा

badal bhatta

पार्टीको आन्तरिक कलहमा प्रचण्ड-माधव कुमार नेपाल पक्ष समूहमा देखिएका गृहमन्त्री थापा बादल पछिल्लो घटनाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन्।

ओली नेतृत्वको मन्त्रिपरिषद‍्बाट सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् ।

प्रचण्ड-ओली पक्षका सात जना मन्त्रीले आइतबार सामूहिक राजिनामा दिँदा बादल र भट्टको नाम भने छैन। प्रधानमन्त्री ओलीले शनिबार मात्र बादललाई भेटेका थिए। प्रचण्ड-नेपाल पक्षका मन्त्री लेखराज भट्टले पनि राजीनामा दिएका छैनन्।

तर, पूर्वमाओवादी पक्षबाट मन्त्री भएका गृहमन्त्री थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले राजीनामा दिएनन् । अन्य ७ मन्त्रीले राजीनामा घोषणा गरिँदा गृहमन्त्री बादल र उद्योगमन्त्री भट्ट बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा छन् ।

बादलले यसअघि पार्टी एकता कार्यान्वयन गराउनका लागि महाधिवेशनसम्म आफू तटस्थ रहने बताउँदै आएका थिए ।

हालको मन्त्रिमण्डलमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलबाहेक १९ जना विभागीय मन्त्री थिए। यीमध्ये आइतबार योगेश भट्टराई, गिरीराजमणि पोखरेल, घनश्याम भुसाल, शक्ति बस्नेत, वर्षमान पुन, बिना मगर र रामेश्वर राय यादबले राजीनामा दिएका छन्।