२६ बैशाख २०८१, बुधबार

ट्याक्टर दुर्घटना २७ वर्षीय शाहीको निधन

dailekh tractor accident

दैलेख जिल्ला दुल्लु नगरपालिका-४ कालाखोला स्थित दुल्लु-सुर्खेत सडक खण्डमा पौष १ गते बिहान अन्दाजी ०७:५० बजेको समयमा ट्याक्टर दुर्घटना भएको छ । सुर्खेत देखि दैलेख डाँडीमाडी सम्म चामल लोड गरी आउँदै गरेको भे१त ७४८१ नम्बरको ट्याक्टर रोडभन्दा करिब २०-२५ मिटर तल खोल्सामा खसेको हो ।

खोल्सामा खस्न गई दुर्घटना हुदा दैलेख ठांटीकाँध गाउँपालिका-१ बस्ने वर्ष २७ को दिनेश शाहीको घट्नास्थलमै निधन भएको छ । दिउँसो करिब १ बजे बजे घटनास्थलको मुचुल्काको काम समाप्ती पश्चात मृतकको शवालाई दुल्लु अस्पतालको पोष्ट्मार्टम घरमा राखिएको छ ।