१५ चैत्र २०८०, बिहीबार

इन्जुरी टाइटमा मेस्सीले हारबाट जोगाए अर्जेन्टिनालाई

1574098429 025338 1574111697 noticia normal

लिओनल मेस्सीको इन्जुरी टाइमको गोलसँगै अर्जेन्टिनाले उरुग्वेसँग बराबरी खेलेको छ । सोमबार राति भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिना र उरुग्वेले २–२ गोलको बराबरी खेलेका हुन् ।

इजरायलको तेल अभिभमा भएको खेलमा उरुग्वेले ३४ औं मिनेटमा काभानीको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ६३ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरे । तर पाँच मिनेटपछि नै लुइस स्वरेजले फेरि उरुग्वेलाई अग्रता दिलाए ।

खेल इन्जुरी टाइटमा मेस्सीले गोल गरेसँगै अर्जेन्टिनाले २–२ को बराबरी खेलेको छ ।