पूर्वराजा ज्ञानेन्द्रको डान्समा कमल थापाको यस्तो टिवट

पूर्व राजा ज्ञानेन्द्र शाह नाँचेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । छोरी प्रेरणा र बुहारी हिमानीका साथमा रहेका पूर्व राजा ज्ञानेन्द्र लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो भाइरल भएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले डान्स गरेको भिडियो सामाजिक सञ्जालमा हजारौ पटक हेरिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलस्थित नाइट क्लब र्ड अफ ड्रिक्समा पुगेर सबैलाई सर्प्राइज दिएका थिए ।
आइतबार रातीको उक्त रमाइलोलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पनि आफ्नो टिवटरमा राख्दै लेखेकाछन् ।
राप्रपाले परिकल्पना गरेको राजा सहितको लोकतन्त्रको एक उपमा।जनताको राजा,नागरिक राजा।जनताको सुखमा रमाउने,दुःखमा चिन्तित रहने, जनताको साथमा रहने।संबिधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक-राजसंस्था
थापाले भिडियो पोष्ट गरेका हुन
राप्रपाले परिकल्पना गरेको राजा सहितको लोकतन्त्रको एक उपमा।जनताको राजा,नागरिक राजा।जनताको सुखमा रमाउने,दुःखमा चिन्तित रहने, जनताको साथमा रहने।संबिधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक-राजसंस्था pic.twitter.com/7daB9xiXO8
— Kamal Thapa (@KTnepal) November 17, 2019
कमल थापाको पोस्टमा उल्लेख छ । उक्त भिडियोमा रातो र चन्द्र सूर्य, जंगि निशाना हाम्रो सहितको गितमा पूर्व राजासहित हिमानीले पनि डान्स गरेको देख्न सकिन्छ ।