६ बैशाख २०८१, बिहीबार

डोनल्ड ट्रम्पको निशानामा भारत

donald trump

‘भारतको फोहोर अमेरिकामा आइरहेको छ’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः प्रदुषणका लागि भारतलाई निशानामा पारेका छन् । भारतका विभिन्न इलाकामा एयर क्वालिटी इन्डेक्स खतरनाक स्तरमा पुगेको छ र राष्ट्रपति ट्रम्पले लस एन्जेलिसमा भारतको फोहोर आइरहेको बताएका छन् ।

इकोनोमिक क्लब अफ न्यूयोर्कमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘भारत, चीन र रुसको फोहोर लस एन्जेलिससम्म पुगिरहेको छ । तपाईंलाई थाहै छ कि यहाँ समस्या छ । तुलनात्मक रुपमा हामीसँग जमिनको सानो टुक्रा छ ।

यदि तपाईं चीन, रुस र भारतजस्ता अन्य देशसँग तुलना गर्नुहुन्छ भने उनीहरु सरसफाई र धुँवा रोक्नका लागि केही पनि गरिरहेका छैनन् । उनीहरु आफ्नो फोहोर समुद्रमा फालिरहेका छन् र ती बग्दै गरेर लस एन्जेलिससम्म पुगिरहेका छन् ।’  एजेन्सी