४ बैशाख २०८१, मंगलवार

नरोकिने भयो हजारौ राँगा र खसीको बलि, गढीमाई मेला मंसिरबाट सुरु

gadi mai

बारा, आगामी मंसिर १ गतेदेखि सुरु हुन लागेको बाराको प्रशिद्ध गढीमाईको मेलामा बलिप्रथा नरोकिने मेला व्यवस्थापन समितिले जनाएको छ ।

विभिन्न क्षेत्रबाट चौतर्फी दबाव परे पनि हरेक पाँच बर्षमा लाग्ने बाराको प्रसीद्ध गढिमाइ मन्दिरमा यसपटक पनि भक्तालुहरुको भाकल गरी ल्याइएको बलि चढाउन दिने समितिले जनाएको छ ।

भाकल गरि बलि चढाउन आउनेमध्ये ९० प्रतिशत भारतीय र १० प्रतिशत नेपाली श्रद्धालुहरु रहने गरेको पञ्च वर्षिय मेला व्यवस्थापन समितिले जनाएको छ ।

मंसिर १ गतेदेखि सुरु हुने मेलामा १७ गते रांगा र १८ गते बोका, कुखुरा, परेवा लगायत पशुपंक्षीको बलि दिइने छ । अघिल्लो मेलामा भारत सरकारले सीमामा कडाइ गरे पनि भारतीय भाकलकर्ताहरुले १८ हजार रांगा र हजारौ बोकाको बलि चढाएका थिए ।

यस बर्ष पनि भारत सरकारले रोक लगाउन सक्ने भन्दै व्यवस्थापन समितिले पशुपंक्षी ल्याउन नसक्ने भारतीयहरुलाई रागांको ८ हजार,बोकाको ३ हजार र कुखुरालगायत पंक्षीको ३ सय रुपैंयाको दरले नेपालमै उपलब्ध गराउने जनाएको छ ।

मेला व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशुबाहले आफुहरुले बलि चढाउन प्रेरित नगरेको भन्दै करिब १ करोड दर्शनार्थी मेलामा आउने दाबी गरे ।

कम्पाउन्ड लगाइएको स्थानमा अनुमति प्राप्त व्यक्तिले मात्र राँगाको बलि दिनेछ भने बोका, हाँस, र कुखुराको बलि पसाह खोलादेखि दुधौरा खोलाको सीमानाभित्र जहाँ पनि दिन मिल्ने समितिले जनाएको छ ।

    सम्बन्धित समाचार...