१५ चैत्र २०८०, बिहीबार

स्प्राइटको नयाँ बिज्ञापनमा निराजन प्रधान

Nirajan Pradhan 2

चर्चित मोडल तथा अभिनेता निराजन प्रधान एक नयाँ बिज्ञापनमा देखिने भएका छन । बोटलर्स नेपालको उत्पादन ‘स्प्राइट’ अब बन्न लागेको बिज्ञापनका लागि उनी अनुबन्धित भएको बताइएको छ ।

यस अघि भने उक्त विज्ञापनमा चर्चित अभिनेता अनमोल के.सीले गरेका थिए । अहिले आएर भने निराजनले एक वर्षसम्मकालागी टि.भी.सी विज्ञापन गर्न लागेका हुन् ।

अनुप सापकोटाको निर्देशनमा बनेको उक्त बिज्ञापनको छायाँकन गरिसकेको निराजनले नेपाल घटनालाई जानकारी दिए ।

लामो समयदेखि म्युजिक भिडियो तथा बिज्ञापनहरुमा देखिदै आएका निराजनले सयौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । त्यस्तै उनले विभिन्न चलचित्रमा गेष्ट भूमिकाका रुपमा अभिनय गरिसकेका छन् ।

Nirajan Pradhan 4