१४ बैशाख २०८१, शुक्रबार

खोटाङमा ‘विप्लव’ समूहका नेता खत्री पक्राउ

DSC 1003
फाइल फोटो

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना नेतालाई प्रहरीले खोटाङमा पक्राउ गरेको छ ।

नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुबाट उनलाई जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सागर शाहले जानकारी दिए ।

उनलाई उदयपुर जिल्ला अदालतमा बम विस्फोटसम्बन्धी मुद्धा लागेको थियो । फरार खत्रीलाई अदालतको पक्राउ पूर्जीको आधारमा नियन्त्रणमा लिएको हो ।