१७ बैशाख २०८१, सोमबार

वाग्मती प्रदेश लोकसेवा आयोगद्वारा पहिलोपटक ठूलो संख्यामा कर्मचारी माग (हेर्नुहोस् सूचना)

for slider lok sewa

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।आयोगले पहिलोपटक ४ सय ६९ जना कर्मचारी माग गरेको छ ।

सोमवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी आयोगले ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो  । 

प्रदेश स्तरमा स्थापना भएको लोकसेवा आयोगले ४ सय ६९ जना कर्मचारी माग गरेको हो । प्रदेश र पालिकामा सहायकस्तर चौथो तहका विभिन्न पदका लागि ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको हो । प्रदेशका दुई मन्त्रालय र पालिकामा गरी सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताउनुभयो ।

प्रदेशभरिका ४४ वटा पालिका र वाग्मती प्रदेशको दुईवटा मन्त्रालयका २२ जना समेत गरेर ४ सय ६९ जनाको दरबन्दी माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रदेश निजामती सेवा वार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरिएको छ । प्रदेशस्तरमा यति धेरै पदमा विज्ञापन गरेको पहिलो पटक रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रदेशका एक सय १९ वटा पालिका मध्येमा २२ वटा पालिकाले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विवरण पठाएका हुन् । प्रदेश सरकारका ७ वटा मन्त्रालयमध्ये दुईवटा मन्त्रालयले मात्र कर्मचारी माग गरेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयले २ जना कर्मचारी माग गरेको छ ।

यस्तो छ, मागिएको दरबन्दी र कार्यतालिका :