१६ चैत्र २०८०, शुक्रबार

प्रदेश नं १ मा थप २२८ जनामा कोरोना सङ्क्रमण

province 1 pradesh 1

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप २२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १४८ पुरुष र ८० महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ३५ मध्ये विराटनगरमा २४, सुनसरीका ५१, झापाका ९२, सङ्खुवासभाका ११, ताप्लेजुुङका १०, खोटाङका चार, इलाम, उदयपुर र धनकुटाका तीन÷तीन तथा तेह्रथुम र भोजपुरका एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २५ हजार ५१८ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २० हजार ९९० पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९१ जना रहेको छ । अहिलेसम्म एक लाख ८४ हजार ३९९ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।