१४ बैशाख २०८१, शुक्रबार

आर्सनल र लिड्स युनाइटेडले गोलरहित बराबरी

1363256 1

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा आर्सनल र लिड्स युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

घरेलु मैदानमा भएको खेलमा नवप्रवेशी टोली लिड्सले तुलनात्मक रुपमा बलियो मानिएको आर्सनललाई बराबरीमा रोक्न सफल भएको हो ।

५१औं मिनेटमा निकोलस पेपेले खेल भावनाविपरितको व्यवहार देखाएपछि रातो कार्ड पाएका थिए र मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

त्यसको फाइदा उठाएर गोल गर्न नसकेपनि लिड्सले आर्सनललाई बराबरीमा भने रोक्यो । बराबरीपछि आर्सनलको ९ खेलबाट १३ अंक भएको छ र ११औं स्थानमा यथावत् रहेको छ भने लिड्स ११ अंकसहित १४औं स्थानमा उक्लिएको छ ।