१४ बैशाख २०८१, शुक्रबार

कास्की २ मा काँग्रेसले उम्मेदवारी टुंग्यायो, पौडेलले पाए टिकट

congress kaski 1

नेपाली काँग्रेसले कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पुराना नेता खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ।
बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई टिकट दिने निर्णय गरेको काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए ।

मंसीर १४ मा हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट पौडेल उम्मेदवार चयन भएका हुन ।

महिना दिन अघिदेखि दर्जर्नौ नेता, कार्यकर्ताहरुको चर्चा, परिचर्चापछि ओझेलमा रहेका पौडेललाई पार्टीले चुनावी मैदानमा होमेको छ । पुम्दी निवासी पौडेल कांग्रेस वृत्तमा निष्ठावान् र त्यागी नेताकारुपमा चिनिन्नछन् ।