२६ बैशाख २०८१, बुधबार

खडक नगरपालिका बन्द

khadk nagarpalika

खडक नगरपालिकाका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको कामकाज आजदेखि बन्द गरिएको छ ।

नगर प्रमुख हेमायु हकले आज विज्ञप्ति जारी गरी कार्यालय तथा मातहत शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कार्य एक सप्ताहका लागि पूर्ण रुपमा बन्द गरिएको जानकारी दिनुभएको छ ।

यसअघि आइतबार राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजकमा कोराना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सूचना जारी गरी कार्यालयका कामकाज बन्द गरेको थियो ।