१४ बैशाख २०८१, शुक्रबार

श्रीमान् र देवर थुनामा

jailed

तनहुँको व्यास नगरपालिका–१० शेवरमा डेरा गरी बस्ने २१ वर्षीया सुकु परियार गुरुङको मृत्युकाण्डमा उनका श्रीमान् र देवरलाई पुर्पक्षका लागि थुनामा राखिएको छ  ।

जिल्ला अदालत तनहुँले मृतकका श्रीमान् नवराज र देवर शिशिर गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । नवराजलाई जिल्ला कारागार र शिशिरलाई नाबालक भएकाले बालसुधार गृहमा पठाइएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

गत भदौ २६ गते देवरसँग झगडा परेपछि सुकु कोठाभित्र झुण्डिएका अवस्थामा फेला परेकी थिइन् । लगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । पीडित परिवारले सुकुको हत्या भएको बताउँदै आएको छ ।