१५ चैत्र २०८०, बिहीबार

दैलेख कारागारका ५ कैदिलाई कैद सजाय मिनाह

dailekh karagar jail

जिल्ला कारागार दैलेखका ५ जना कैदिलाई कैद सजाय माफी दिएको छ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा दैलेख कारागारबाट ५ जना कैदी छुटेका छन् । सरकारले प्रजातन्त्र दिवसको अवसरमा मुलुकभर ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । जस मध्ये दैलेखका ५ जना परेका छन् ।

एक जना महिला सहित पाँच जना कैदीको भुक्तान हुन बाँकी कैद छुट भएको दैलेख कारागार कार्यालयका प्रमुख जीतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कर्तव्य ज्यान मुद्धामा १६ बर्ष कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरेका एक जना, बहुविवाह मुद्धामा डेढ बर्ष कैद सजाय तोकिएर ६५ प्रतिशत कैद भुक्तान गरेका एक जना, बहुविवाह मुद्धामा एक बर्ष कैद सजाय तोकिएको र ९१ प्रतिशत कैद भुक्तान गरेका एक जनालाई कैद छुट दिइएको हो ।

यस्तै कर्तव्य ज्यान मुद्धामा २ बर्ष कैद सजाय तोकिएको र दुई महिना कैद भुक्तान गर्न बाँकी एक जना, कर्तब्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय तोकिएका एक जनाको बाँकी कैद छुट दिइएको कारागार कार्यालयका प्रमुख खत्रीले बताए ।