८ बैशाख २०८१, शनिबार

सोमालियाली राजधानीमा सशस्त्र द्वन्द्व, संयुक्त राष्ट्रसंघद्वारा शान्तिको लागि आग्रह

Somalia

संयुक्त राष्ट्र संघले शुक्रबार सोमालियाको राजधानी मोगादिशुमा भएको सशस्त्र द्वन्द्वले विश्व समुदायलाई चिन्तित बनाएको बताएको छ । सरकारविरूद्धको प्रदर्शनलाई नियन्त्रणमा लिन सुरक्षा बलले गोली चलाएपछि भएका शसस्त्र झडपपछि राष्ट्रसंघले सबै पक्षलाई शान्त र संयम रहन आग्रह गरेको हो ।

संयुक्त राष्ट्र संघले दुबै सरकार र विपक्षी राष्ट्रपति पदका उम्मेद्वारहरूलाई देशको तनाव कम गर्न सहयोग पु¥याउन संवादको पहल गर्नसमेत आग्रह गरेको छ ।

सोमालियास्थित राष्ट्र संघीय कार्यालयले भनेको छ, “मोगादिसुमा भएको झडपले गत वर्षको सेप्टेम्बर १७ मा सहमति भएको निर्वाचन नमूनाको कार्यान्वयनसम्बन्धी राजनीतिक सम्झौतामा पुग्न संघीय सरकार र संघीय सदस्य राज्य नेताहरू एकजुट हुनुपर्ने आवश्यकतालाई जोड दिन्छ ।”

मोगादिशुको सडकमा दुबैपक्षबीच सशस्त्र झडप र विस्फोटका घटनाहरू भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षा बल र प्रदर्शनकारीहरूबीच राष्ट्रिय निर्वाचनलाई पछि सार्ने विषयमा कुरा नमिल्दा झडप भएको हो ।

सोमाली सूचना, संस्कृति र पर्यटन मन्त्री उस्मान दुब्बेले भन्नुभयो, “सशस्त्र लडाकूले शुक्रबार बिहान १ः०० बजे सुरक्षा चौकीमा आक्रमण गरेको थियो । त्यसपछि सेना र लडाकू समूहबीच ब्यापक गोली हानाहान भएको थियो ।

सरकारले नियोजित जुलुस सुरू हुनुभन्दा अघि नै प्रदर्शनकारीमाथि गोली चलाएको विपक्षीहरूको दावी छ ।

पूर्व राष्ट्रपतिहरु हसन शेख मोहम्मद र उहाँका पूर्ववर्ती शरीफ शेख अहमदको नेतृत्वमा राष्ट्रपति पदका उम्मेद्वार परिषद्ले उक्त घटनाको भत्र्सना गनुभएको छ ।