७ बैशाख २०८१, शुक्रबार

बेलायती राजकुमार ह्यारी मान पदवीमुक्त

British Prince Harry
फाइल फोटो

बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त हुनुभएको छ ।

दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहनु भएकी उहाँकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।

केही महिना अगाडि उहाँहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो ।

तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उहाँहरुको मान पदवी खारेज भएको घोषणा गर्नु भएको समाचारमा जनाइएको छ ।

बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उहाँहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।

महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

राजपरिवारको सदस्यका रूपमा उहाँहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।
गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गर्नुभएको थियो ।

उहाँहरू अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा रहनु भएको छ । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन ।

हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गर्नु भएको हो । उहाँहरुका अहिले एक छोरा हुनुहुन्छ भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ ।

    सम्बन्धित समाचार...