२६ बैशाख २०८१, बुधबार

२,२३५ कोरोना संक्रमित मध्य झण्डै १६ सय काठमाडौंमा

corona virus graph

नेपालमा आज (आइतवार) १२,७८४ पिसिआर टेस्ट भएकोमा थप २,२५३ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने २२,२१९ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ । हाल क्वारेन्टाइनमा ४,२०३ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,३२९ जना र आज सम्म ६४,०६९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौं उपत्यकमा कोरोना संक्रमण दर उच्च रहेको छ । काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी जम्मा १,५९९ जना नयाँ संक्रमित थपिएका छन ।

प्रदेश अनुसार आईसियुमा २२६ जना उपचाररत छन जसमा प्रदेश १ मा २८, प्रदेश २ मा १७, बाग्मती प्रदेशमा ११२, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४४ जना, कर्णाली प्रदेशमा १५ जना, सुदुर पश्चिम प्रदेश्मा ४ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा २ जना, बाग्मती प्रदेशमा २७ जना र प्रदेश ५ मा ६ जना गरी जम्मा ३४ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ७ जनाको निधन भएको छ । हालसम्म मृतक ५३५ जनामा कोरोना पुष्टि भएको छ।