६ जेष्ठ २०८१, आईतवार

दैलेखमा कार्यरत बन रेन्जरको निधन

chandra khadka

डिभिजन बन कार्यालय दैलेखमा कार्यरत रेन्जर चन्द्र खड्काको रक्तचापका कारण निधन भएको छ ।

पश्चिम रुकुम सानोभेरी नगरपालिका वडा नं. ९ बस्ने बर्ष २२ को चन्द्र बहादुर खड्को आइतबार निधन भएको हो । आफ्नै डेरामा रहेका खड्का डेराको छतमा कपडा सुकाउँदै गरेको बेलामा एक्कासी प्रेसर कम भई अचेत भएको भन्ने खुलेको छ ।

अचेत भएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल दैलेख लगिएको र थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर हुदै गर्दा दिउसो १:४५ बजेको समयमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।

रेन्जर खड्का डिभिजन बन कार्यालय दैलेखमा बिगत एक बर्ष देखी कार्यरत रहेको र कार्यरत खड्काको निधन भएपछी एउटा क्षमतावान कर्मचारी गुमाउनु परेका दैलेख डिभिजन बन अधिकृत मुन बहादुर रावतले बताए ।