१८ बैशाख २०८१, मंगलवार

गगन थापा सहित थप कांग्रेस नेतामा कोरोना संक्रमण पुष्टी

gaganthapa09th
फाइल फोटो

गगन थापा, अर्जुननरसिंह केसी लगायत नेपाली कांग्रेसका केहि नेताहरुलाई कोरोना संक्रमण पुष्टी भएको छ। सोमबारबाट सुरु हुन लागेको कांग्रेसको केन्द्रिय समितिको बैठकका लागि कांग्रेसका नेताहरुको पिसिआर परीक्षण गरिएको थियो।

शुक्रवार २७० भन्दा बढीले कांग्रेस कार्यालयमा कोरोना परिक्षणका लागि स्वाब संकलन गराएका थिए।

थापा र केसी दुवैले आफूहरुलाई संक्रमण देखिएको हुँदा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन अनुरोध गरेका छन्।

कांग्रेसले पार्टीभित्र देखिएका समस्या र महाधिवेशनको बारेमा छलफल गर्न असोज १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। सो बैठकमा भाग लिन पिसिआर परीक्षण गरी कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्ने बताएपछि सबैको जाँच गरिएको थियो।