१४ बैशाख २०८१, शुक्रबार

जर्गिन्होको दुई गोलसंगै चेल्सीको फराकिलो जित

chelsea goal

ईङ्ग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हराउदै खेल जितेको छ । दुवै टीम मध्यान्तर सम्म ०-० को बराबरीमा रहेका थिए | चेल्सीको घरेलु मैदान भएको खेलमा चेल्सीले ४-० को नतिजा निकालेको हो ।

लिसेस्टर बाट चेल्सी आएका बेन चिलवेलले शुरुवाती गोल ५०औ मिनेटमा गरे । डेब्यु खेलामा चिलवेलले एक गोल र एक असीस्ट गरे । खेलको ६६औं मिनेटमा कोर्ट जूमाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

७८औं र ८२औं मिनेटमा डी बक्स भित्र क्रिस्टल प्यालेसका खेलाडिले गल्ती गरेपछी चेल्सीले पेनाल्टी पाएको थियो । दुवै पेनाल्टिलाई जर्गिन्होले जाली चुमाए पछी चेल्सीले ४-०ले खेल जित्यो ।

जितसँगै चेल्सीले ४ खेलबाट ७ अंक जोडेको छ भने अंक तालिकामा शीर्ष ४ मा उक्लिएको छ ।