२२ बैशाख २०८१, शनिबार

गायक सिडीको ‘सम्झेर सानु’मा राज र रोशनिको अभिनय

Samjhera Sanu

गायक सिडी विजय अधिकारीको सुमधुर स्वरमा रहेको मार्मिक गीत ‘सम्झेर सानु’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा दिल खडकाको शब्द संगीत फणिन्द्र राईको एरेन्ज रहेको छ । राज खडका र रोशनि कार्कि अभिनित सेण्टिमेण्टल भर्सनको यस गीतले शुखी जीवन बिताउने सपना देखेर बिदेशिएका परदेशीहरुको भावना सुन्न सकिन्छ ।

भिडियोमा धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ति प्रिय मान्छेहरु प्रति यो गीत समर्पित रहेको छ ।

परदेशीको पीडा र नेपालिहरुको महान चाड दशैको भाव समेटिएको गीतको भिडियोमा बुद्ध थापाले छायांकन गरेको छन् भने भिडियोलाई बिष्णु खड्काले सम्पादन र राज खड्काको निर्देशन रहेको हुन् ।