२३ बैशाख २०८१, आईतवार

नेपाल प्रहरी अस्पतालका ४२ डाक्टरले दिए सामूहिक राजीनामा !

nepal police hospital

नेपाल प्रहरी अस्पतालका ४२ जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । अस्पतालका मेडिकल डाइरेक्टरलाई सम्बोधीत पत्रमा MD, MS, MDS, CEE लगायतका उच्च शिक्षा अध्ययनकालागी साढे तीन वर्षको सेवा अवधी पर्याप्त्र रहेको तर अध्ययन अवधि हेरफेर भएकोप्रति आपत्ति जनाएका छन ।

अस्पतालका मेडिकल डाइरेक्टरलाई सम्बोधन गर्दै बुधबार दिएको राजीनामा पुर्व अवधिलाई मान्यता दिएर उच्च शिक्षा अध्ययनकालागी पहल गर्न आग्रह गरिएको छ । साथै उक्त प्रावधान पास नभएमा सोही पत्र लाई राजीनामा बनाइएको हो ।

उनीहरुले विगतको नियमावली संशोधन गरी ३ वर्षमै अध्ययन गर्न नमिल्ने व्यवस्था गरी अध्ययन अवधिमा हेरफेर गरिएको र त्यससम्वन्धी संशोधन प्रक्रिया मन्त्रिपरिषदमा पुगेर अड्केकाले आफूहरु समस्यामा परेको बताएका छन् ।

यस विषयमा जानकारी लिन अस्पतालका मेडिकल डाइरेक्टर एआइजी डा. आशा सिंहलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए । नेपाल प्रहरीमा सामूहिक राजीनामा दिने व्यवस्था नभएको समेत उनले बताए ।

doctors resign 1
doctors resign 2
doctors resign 3
doctors resign 4