
यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता टोली मुम्बई इन्डियन्सले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई जितका लागि १९६ रनको लक्ष्य दिएको छ ।
टस हारे पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै १९५ रन बनाएको हो ।
सेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनाए । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले ।
५४ बल खेलेका उनले ३ चौका र ६ छक्काको सहयोगमा ८० रन बनाएका हुन् । मुम्बईका लागि सुर्य कुमार यादवले ४७ रनको योगदान गरे । त्यस्तै सौरव तिवारीले २० रन बनाउँदा हार्दिक पाड्याले १८ रन बनाउदा पोलार्डले १३ रन बनाउन सफल भए ।
मुम्बईका कप्तान रोहित शर्माले सर्बाधिक ८० रन बनाएका थिए । रोहितले ५४ बलमा ३ चौका र ६ छक्कासहित ८० रन बनाएका थिए ।
त्यसति सूर्यकुमार यादवले २८ बलमा ४७ रन बनाए भने सौरभ तिवारीले १३ बलमा २१ रन बनाएका थिए ।
त्यसति हार्दिक पाण्डेयले १८ रन बनाए भने केरन पोलार्डले १३ रन बनाए ।
बलिङतर्फ कोलकक्ताका लागि शिभम मावीले दुई विकेट लिए । त्यस्तै कप्तान सुनिल नारायण र आन्द्रे रशेलले एक–एक विकेट लिए ।
अहिले जबाफी बयाटिङ गरिरहेको कोलकाताले ९ ओभरको खेलमा दुई गुमाएर ६४ रन बनाएको छ ।
पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग पाँच विकेटले पराजित भएको मुम्बई आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ ।
यता प्रतियोगिताको पहिलो खेल खेलिरहेको कोलकाता जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा छ ।