५ जेष्ठ २०८१, शनिबार

काठमाडौं उपत्यकमा संक्रमित संख्या १८,५१, संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस

kathmandu villy

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना गरेर उपत्यकामा ६३७ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ६४७ रहेको थियो ।

यस संगै आजसम्म काठमाडौंमा १५,१५६ जना, ललितपुरमा १,७३३ जना र भक्तपुरमा १,६२१ जना गरेर काठमाडौं उपत्यकमा संक्रमित संख्या १८,५१० पुगेको छ ।

देशभर आज थपिएका मध्ये ५४ दशमलव ३५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका मात्रै रहेका छन्।

स्वास्थ्य मन्त्रालयले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।