१४ मंसिर २०७९, बुधबार

अपडेट कोरोना: उपत्यकामा २४ घण्टामा ३१ सय संक्रमित थपिए

610b7d44763b6 covid kathmandu

पछिल्लो २४ घण्टाम काठमाडौं उपत्यकामा तीन हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४ सय २, ललितपुरमा ५२१ र भक्तपुरमा २२० संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार उपत्यकामा मात्र ५४ हजार सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३८ हजार ८५९, ललितपुरमा १० हजार ३९० र भक्तपुरमा ५ हजार ६१४ गरेर ५४ हजार ८६३ जना सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकामा अहिलेसम्म तीन हजार चार सय बढीको कोरोनाले मृत्यु भएको छ । काठमाडौंमा २२ सय ५५, ललितपुरमा ७१६ र भक्तपुरमा ४४२ गरेर अहिलेसम्म तीन हजार ४१३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा कुल संक्रमितको संख्या चार लाख ७ हजार ९८३ पुग्दा तीन लाख ४९ हजार ७०७ जनाले कोरोना जितेका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार ७३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७२ जनामा एन्टीजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.१ प्रतिशत रहेको जनाएको छ । बिहीबार २४ घण्टामा १५ जनाको निधन भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६८७ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मुलुकमा हालसम्म ९० हजार ५७६ जना सक्रिय सङ्क्रमित छन् । साथै पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।