१२ बैशाख २०८१, बुधबार

स्थगित भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम

16254622971625462297
फाइल फोटो

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेलको बुस्टर डोज स्थगित गरेको छ । कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको हो ।

काठमाडौंमा करीब ४ लाख अझै पनि बुस्टर डोजको प्रतिक्षामा छन् । हालसम्म करीब २६ लाखले भेरोसेल खोपको दुबै मात्रा लगाएका छन् ।