२ जेष्ठ २०८१, बुधबार

९,४९७ पिसिआर टेस्टमा१,१७२ जनामा कोरोना संक्रमण पुष्टि

corona test

नेपालमा आज (बुधवार) ९,४९७ पिसिआर टेस्ट भएकोमा थप १,१७२ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १७,४१४ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको छ । हाल क्वारेन्टाइनमा ७,१०४ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,८९३ जना र आज सम्म ४९,९५४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

प्रदेश अनुसार आईसियुमा २२० जना उपचाररत छन जसमा प्रदेश १ मा १४, प्रदेश २ मा १८, बाग्मती प्रदेशमा १२८, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४१ जना, कर्णाली प्रदेशमा १३ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा ३७ जना र प्रदेश ५ मा ३ जना गरी जम्मा ४३ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ७ जनाको निधन भएको छ । हालसम्म मृतक ४३६ जनामा कोरोना पुष्टि भएको छ।