१४ बैशाख २०८१, शुक्रबार

चेल्सी माथी लिभरपुलको २-० को शानदार जीत

Chelsea vs Liverpool 2020

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलामा चेल्सी पराजित भएको छ । लिभरपुलले दुई गोल गर्दै घरेलु मैदानमा चेल्सी माथी जीत दर्ता गरेको हो ।

पहिलो हाफ मा ०-० मा रहेको गोल दोश्रो हाफमा २-० मा परिणत भएको हो । पहिलो हाफमा आन्द्रेस क्रिस्टियनसनले रातो कार्ड खाँदै बाहिरिएपछी दोस्रो हाफमा चेल्सी दवाबमा परेको थियो ।

साडियो मानेले ५० औ र ५४ औ मिनेटमा गोल गर्दै लिभरपुललाई जित तर्फ डोर्‍याएका हुन । मानेले दोस्रो गोला भने चेल्सीका गोलकिपर केपा अरिजाबालागाको गल्तिको फाइदा उठाउँदै गरेका थिए।