१६ बैशाख २०८१, आईतवार

पेट्रोल ट्याङ्कर त्रिशुलीमा खस्यो

oil tankar

पृथ्वी राजमार्गमा आज विहान एउटा तेल ट्याङ्कर दुर्घटना भएको छ ।

ना ४ ख २८२२ को पेट्रोल ट्रयाङकर धादिङको गल्छी गाउपालिका ६ चिरौदीबाट त्रिशुली नदिमा खसेर आगलागी भएको छ ।

पृथ्वी राजमार्गको गल्छी गाउँपालिकास्थित चिरौदी पुल नजिकै सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ट्याङ्कर कहाँबाट आएको र कति नम्वरको हो खुलेको छैन । ट्याङ्करमा सवारी चालक र सहचालकको अवस्था पनि अज्ञात रहेको छ ।

सवारीमा भएका चालक र सहचालक कहाँ छन् जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। नदिमा परेको सवारी पानीमा डुबेको छ । केहिभाग देखिएको छ । उद्धार कार्य भईरहेको छ ।

रातको समयमा खसेकाले उद्दार गर्न समेत कठिनाई भएको र अहिलेसम्म उक्त सवारीका कोही पनि सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्याङ्कर सडकबाट करिव दुई सय फिट तल त्रिशुली नदीमा खसेको छ । अहिले घटना स्थलमा खोजी ताथा उद्दारमा लागिरहेको प्रहरीले जनाएको छ ।