१६ चैत्र २०८०, शुक्रबार

देशभर मध्य ४७. ८८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा मात्रै

kathmandu villy

पछिल्लो २४ घण्टामा काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना गरेर उपत्यकामा ७३७ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ६७६ रहेको थियो ।

यस संगै आजसम्म काठमाडौंमा ११,२३५ जना, ललितपुरमा १,९०६ जना र भक्तपुरमा १,१४० जना गरेर काठमाडौं उपत्यकमा संक्रमित संख्या १४,२८१ पुगेको छ ।

देशभर आज थपिएका मध्ये ४७ दशमलव ८८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका मात्रै रहेका छन्।